यस कलेजमा छात्रवृत्ति आवेदन गर्न चाहने विद्यार्थीको लागि दुई वटा समूह छन् साधारण समूह र लक्षित वर्ग समूह ।
(क) साधारण समूह : यस समूहमा नेपालका सामुदायिक / सरकारी विद्यालयबाट एस.एल.सी उत्तीर्ण नेपाली नागरिकले आवेदन भर्न पाउने छ ।
(ख) लक्षित वर्ग समूह : यस समुहमा नेपालबाट सामुदायिक / सरकारी विद्यालयबाट एस.एल.सी उत्तिर्ण
-
महिला
-
आदिवासी–जनजाती
-
मधेशी
-
दलित
-
अपाङ्ग
-
पिछडिएको दुर्गम क्षेत्र
-
जनआन्दोलन / मधेश आन्दोलन / जनयुद्ध / द्वन्द्व पीडित / वेपत्ता पारिएका व्यक्ति सहिद परिवार तथा घाइते वा निजको परिवार
-
मुस्लिम
-
पूर्व कमैया / हुलैया
-
आर्थिक वा सामाजिक रुपमा विपन्न वर्गमा पर्ने नेपाली नागरिकहरुले आवेदन भर्न पाउने छन् ।